नेपाली नयाँ वर्ष

नेपाली नयाँ वर्ष

नेपालको अधिकारिक एवं वैधानिक पात्रो, विक्रम सम्बत् पात्रो अनुसार हरेक वर्षको बैशाख महिनाको पहिलो दिनलाई देश विदेश रहेका सारा नेपालीहरुले राष्ट्रिय नेपाली नयाँ वर्षको रुपमा मनाउने गर्दछन् | हुनतः नेपाल एक बहु-भाषी,बहु-संस्कृति एवं बहु-जातिय राष्ट्र हो,जहाँ कम्तिमा पनि हरेक वर्ष भिन्ना भिन्नै दिन,मितिमा भिन्ना भिन्नै प्रकारले नौ (९) किसिमका नयाँ वर्षहरु मनाइन्छन् | त्यसमध्यमा बैशाख १ गतेको दिनलाई राष्ट्रिय महत्वका साथ राष्ट्रिय नयाँ वर्षको रुपमा […]

Read Me Leave comment

संविधान दिवस

संविधान दिवस

वि.सं.२०६२/६३ सालको जनआन्दोलनपश्चात् प्राप्त गरेको नयाँ गणतन्त्रात्मक लोकतान्त्रिक शासन व्यवस्था को जगमा सम्पन्न गरिएको पहिलो संविधान सभाको निर्वाचनबाट बसेको संविधान सभामार्फत १० औं वर्षको अठक राजनैतिक प्रयास र प्रयत्नहरुबाट वि.सं. २०७२ साल असोज ३को दिनमा पहिलो संविधान सभाको देहान्तपश्चात् दोश्रो पटकको संविधान सभाको राजनैतिक सहमतिको साथ ९०% सभासदहरुको सहभागितामा नेपालको पहिलो लोकतान्त्रिक संविधान लेखियो र घोषणा पनि गरियो | गणतन्त्रमा गएको नेपाललाई पहिचान सहितको भौगोलिक […]

Read Me Leave comment

नेपाल सम्वत्

नेपाल सम्वत्

नेपाली पात्रोअनुसार हरेक वर्षको कार्तिक महिनाको शुक्लपक्ष,प्रतिपदाको दिन अर्थात् हिन्दू धर्मअनुसार नेपालीको दोश्रो सबभन्दा ठूलो पर्व तिहार तथा दिपावलीको यमपंचकको चौथौं दिन नेपाल अधिराज्यभरिका नेवार समुदायका मानिसहरुले आफ्नो मौलिक सम्वत् -नेपाल संवतको नव वर्षको प्रारम्भको पहिलो दिन धुम धाम साथ मनाउने गर्दछन् | यस दिन नेवार जनजाति-आदिबासीको बाहुल्यता वा प्रभुत्व रहेको नेपालको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा, पाल्पा, चित्लाङ्ग लगायतका अरु नेवार समुदायका […]

Read Me Leave comment

राष्ट्रिय मगर दिवस

राष्ट्रिय मगर दिवस

नेपालको सबभन्दा पुरानो आदिवासी समुदायमध्येको एक भनेको मगर समुदाय हो | मगर समुदायका मानिसहरु प्राय: पश्चिम नेपालको हिमाली भेगदेखि काली गण्डकी नदीको वरपरको बस्तीमा फैलिएर बसोबास गरिआएको इतिहासमा पाइन्छ | यिनीहरुको पुर्खा पूर्वी-एशियाली मंगोलियन जातिका रहेका र पछि तिब्बतबाट विस्तारै सिक्किमहुँदै नेपाल भित्रिएका भन्ने जन-बिश्वास र धारणा इतिहासमा उल्लेख छ | पछि कालान्तरमा गएर मगरहरु नेपाल अधिराज्यको पुर्वदेखि पश्चिमसम्म विभिन्न ठाउँमा फैलिंदै गएको र तिनीहरुको […]

Read Me Leave comment

गणतन्त्र दिवस

गणतन्त्र दिवस

नेपाली राजनीतिक इतिहासमा वि.सं. २०६२-६३को दोश्रो वृहत लोकतान्त्रिक जनआन्दोलनको सफलतापछि प्राप्त भएको लोकतन्त्र व्यवस्थाको जगमा प्रथम जननिर्वाचित संविधान शभाको पहिलो बैठकले वि.सं २०६५ साल जेठ १५ गतेको दिन नेपालमा विद्यमान निरंकुश राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनलाई नेपालको राष्ट्रियगणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ | वि.सं. २०६२-६३ सालको जनआन्दोलनको सफलतापछि राष्ट्रमा लोकतन्त्र व्यवस्थाको अभ्यास भैसकेपश्चातपनि देशलाई गणतन्त्रमा लाने कि नलाने […]

Read Me Leave comment

लोकतन्त्र दिवस

लोकतन्त्र दिवस

वि.सं. २०६२-६३ सालको जनआन्दोलनको सफलतास्वरूप वि.सं.२०६३ साल बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश प्रत्यक्ष शासन व्यवस्थाको अन्त्य भई जनताको तन्त्रको रुपमा लोकतन्त्रको पुनर्बहाली एवं व्यवस्था भएको ऐतिहासिक दिनको सम्झनामा नेपालमा हरेक वर्षको बैशाख ११ गरेको दिन लोकतन्त्र दिवस सम्झिने र मनाउने गरिन्छ | कयौं दिनको जनआन्दोलन तथा जान-बलिदानले मूर्त रुप लिएको दिनको सम्झनामा लोकतन्त्रको व्यवस्था भएको लोकतन्त्र दिवसको दिन नेपाल अधिराज्यभरि सार्वजनिक विदा दिइन्छ […]

Read Me Leave comment

प्रजातन्त्र दिवस

प्रजातन्त्र दिवस

राष्ट्रिय प्रजातन्त्र दिवस हरेक बर्षको फागुन ७ गतेका दिन पर्छ र विभिन्न कार्यक्रम गरी देशभरी धुमधामका साथ मनाइन्छ | एक सय चार वर्षको निरंकुश राणा शासनको अन्त्य र जनअपेक्षा अनुरुप जनआन्दोलनको फलस्वरूप प्राप्त गरेको प्रजाको तन्त्रको प्रतिक हो, प्रजातन्त्र दिवस | यस दिन अधिराज्यभरका सम्पूर्ण सरकारी कार्यालयहरु बन्द रहनुका साथ सार्वजनिक बिदा रहन्छ | यस एतिहासिक दिनलाई सम्पूर्ण नेपालीहरुले सम्झिने र मनाउने गर्छन भने संचारकर्मी, […]

Read Me Leave comment