विविध संस्कृति, परम्परा, रीतिरिवाजमा धनी मानिने हाम्रो देश नेपालमा वर्षदिनमा मनाइने विभिन्न चाडपर्वहरुमध्येमा नेवार समुदायमाझ ललितपुरमा हुने सबभन्दा लामो समयसम्म मनाइने पर्व रातो मत्स्येन्द्रनाथको रथयात्रा एक हो | हजारौं वर्ष पुरानो इतिहास बोकेको मत्स्येन्द्रनाथको रथयात्रा नेपाली पात्रो अनुसार वैशाख शुक्लपक्ष प्रतिपदाको दिनदेखि शुरु भएर अषाढ शुक्लपक्ष चतुर्थीसम्म लगभग दुई महिनासम्म मानिन्छ |

मत्स्येन्द्रनाथको रथयात्रा कहिलेबाट शुरु भयो भन्ने स्पष्टतथ्य नभएतापनि नेपालको इतिहासमा उल्लेख भएका आधारहरु अनुसार त्यसबेला १२ वर्षसम्म पनि पानी नपरी अनिकाल लागेपछि पानी पार्नका निमित्त अनेक तान्त्रिक विधिअनुसार पूजाआजा गरी भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव काठमाडौँका बन्धुदत्त आचाजु र ललितपुरका ललित ज्यापू भारतको आसमको कामरूपकामक्षबाट श्री लोकेश्वोरनाथ मत्स्येन्द्रनाथ ल्याएका थिए र त्यसको विधिवत् तरीकाले स्थापना गरी पूजा गरेपछि पानी परेको थियो भन्ने लोकले पट्याएको कथन छ | अनिउप्रान्त हरेकपल्ट मत्स्येन्द्रनाथको रथयात्राको जात्रा सम्पन्न गर्ने र त्यसोगरे पानी समयमै परी उपत्यकाका किसानहरुलाई खेती गर्न समस्या नहुने चलन र विश्वास गरीन थालिएको छ |

रथलाई बुङ्गमतीबाट तानेर ल्याई ललितपुर नगरको साबिक बमोजिम परिक्रमा गरी मङ्गलबजार हुँदै काठमाडौँको सुन्धारा, महाबौद्ध घुमाएर पुनश्च ललितपुरको जावलाखेल भोटो देखाएर पून बुङ्गमती पुर्याएर मत्स्येन्द्रनाथ रथयात्रा समापन गरिन्छ | सन् ६२४ देखि ६७१ सम्म भक्तपुरका राजा नरेन्द्रदेवले जात्रा चलाएको ऐतिहासिक कथन भएतापनि वि.सं. १७११मा ललितपुरका तत्कालीन मल्ल राजा सिद्धिनरसिंह मल्लको शासन कालदेखि ललितपुरमा मत्स्येन्द्रनाथ रथयात्राको प्रारम्भ भएको भन्ने कथन भएकाले अहिलेपनि मल्ल राजाका वंशज सन्तानहरुले मत्स्येन्द्रनाथ रथयात्राको बेलामा गाई..बोको. इत्यादि दान गर्ने र होम गर्ने चलन छ | यसो गरेमा रथयात्रामा विघ्नबाधा नहुने विश्वास गरिन्छ | मत्स्येन्द्रनाथको रथयात्राको शुरुको दिनमा ललितपुरमा ‘चोयेला बुहु:’ भनेर घर-घरमै भोजभतेर नै लाग्छ र आफन्त,नातागोताका मानिसहरु बोलाई खुवाउँने चलन नि छ भने देश-विदेशका अनगिन्ति मनिसहरु अवलोकन गर्न ललितपुरमा भीड लागेको हुन्छ |

तसर्थ, रथयात्रालाई ललितपुर परिक्रमा गर्ने क्रममा ललितपुरको गा.बहालबाट शुभारम्भ गरी न: टोल-महापाल- मङ्गलबजार,-सुन्धारा-महाबौद्ध-काठमाडौँ-थैना-टंगाल-लगनखेलबाट अन्तमा जावलाखेलमा पुर्याइन्छ | यसरी पुलचोकमा रथारोहण गरी शुरु भएको रथयात्रा जावलाखेलको भोटो देखाउने चलेन सम्पन्न भएपछि समाप्त हुन्छ |

One response to “ललितपुरमा मत्स्येन्द्रनाथ रथयात्रा सुरु”

  1. कल्याण says:

    रातो मक्षेन्द्रनाथको रथ यात्रा सिध्दीनरसिंह मल्लको पालामा नभई लिछ्छावी राजा नरेन्द्रदेवकै पल देखि शुरु भएको तथ्य गुठी संस्थानमा रहेको अभिलेखमा रहेकोले सो अभिलेख अध्यन गरी त्रुटी सच्याउनु होला |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved