नवमी कृत्य नित्यपूजा एवं हवनादि

घटस्थापनादेखि पूजा गरिएकी दुर्गा भवानीको नित्यपूजा, अष्टमीमा थापेका नवदुर्गा भवानीको पूजा, वलिदान, संकल्पित जप पाठादि सकेर हवन गर्नुपर्छ। एकै दिन १, ३, ९ कन्यापूजन गर्ने भए यसै नवमीका दिन गर्नु उचित हुन्छ। हवन गर्दा अग्नि स्थापना गरी पूर्वाङ्गसम्म हवनको विधि पुर्याएर संकल्प गरेको जपपाठअनुसार दशांश (१०%) हवन गर्नुपर्छ। जस्तै १०००० जप भए १००० हवन १०० तर्पण १० मार्जन र १ ब्राह्मणभोजन जप, पाठ, हवन, तर्पण, मार्जन, ब्राह्मण भोजन र यथाशक्ति दान आदि गर्नुपर्छ।

हवन गर्दा यस महानवमीमा दुर्गाभवानीको प्रधानता भएकाले भव्य पूजापाठ विशेष नभए पनि दुर्गाजीको वीजभन्त्र “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे” यस मन्त्रले १००८, १०८ विशेष हवन गर्नुपर्छ। त्यसपछि स्थापित देवताको उत्तराङ्ग विशेष पूजा गर्नुपर्छ। अग्निस्थापनाबाट पूर्वाङ्ग हवन गरी संकल्प अनुसारको विशेष हवन गरेपछि उत्तराङ्ग हवन गर्नुपर्छ। त्यसपछि तर्पण, मार्जन, पूर्णपात्रो आरती आदि शास्त्रोक्त विधिअनुसार समापन गर्नुपर्छ। अन्त्यमा कन्यालार्इ पूजन तथा भोजन र व्राह्मण भोजनसमेत गरेपछि आफूले पनि वन्धुवर्गसहित भोजन गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved