
संसार दुःखमय छ। दुःखको मूल कारण भनेको तृष्णा हो। तृष्णालाई त्याग्न सकिन्छ। तृष्णालाई त्यागेपछि मात्र दुःखबाट छुटकारा मिल्छ र निर्वाण अर्थात् शान्ति प्राप्त हुन्छ।’ संसारलाई यस्ता महाज्ञानको उपदेश दिने विश्वशान्तिका महानायक भगवान् गौतम बुद्धको आज २५६२ औं जन्मजयन्ती। महात्मा बुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण भएको आजको पावन तिथिमा भगवान् बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै यस २५६२ औं बुद्धजयन्तीका अवसरमा नेपाली पात्रो परिवार भगवानका समस्त अनुयायी एवं बौद्ध धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिमा महात्मा गौतम बुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण समेत भएकाले आजको तिथिलाई संसारका बौद्ध धर्मावलम्बीहरूले भगवान् बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका रूपमा मनाउने गर्दछन्। आजभन्दा २५६१ वर्षपहिले वैशाख शुक्लपक्षको पूर्णिमा तिथिमा नेपालको लुम्बिनीमा राजा शुद्धोदन र रानी मायादेवीका पुत्र राजकुमार सिद्धार्थ गौतमको जन्म भएको थियो। पछि उनै सिद्धार्थ गौतमले यस धर्तीमा एक नयाँ युगको सुरुवात गर्नुभयो। एउटा नवीन मार्ग देखाई समाजलाई युग चेतनाको बोध गराउनुभयो।
सिद्धार्थले २९ वर्षको उमेरमा दरबार छाडी ६ वर्षसम्म बोधगयामा तपस्या गरेर बुद्धत्व प्राप्त गर्नुभयो। त्यसपछि ३६ वर्षको उमेरमा सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभयो। राजपाटमा हुर्किएर पनि वैराग्यमा तल्लीन हुँदै सम्पूर्ण राज्यसुख त्याग गरी जंगलको वास गर्नु अनि वर्षौंसम्म तपस्या गर्नु, यो सामान्य मानिसबाट हुन सक्ने कुरा नै थिएन। तर सिद्धार्थले असम्भवलाई सम्भव गरिदिनुभयो र आफू बुद्ध बनी संसारलाई ज्ञानको ज्योतिले उज्यालो बनाउनुभयो।
मानव स्वयंमा भगवानको अंशावतार हो। भगवानका १६ कला अंशमध्ये ५ देखि ८ अंशसम्म प्रायः सबै मानवमा रहेको हुन्छ। त्योभन्दा बढी अंशको भार वहन गर्ने क्षमता सामान्य मानिसमा नहुने भएकाले भगवानले विशेष अवतार लिनुहुन्छ र धर्मको रक्षा गरी लोकको कल्याण गर्नुहुन्छ। हिन्दु पुराणहरूमा बुद्धलाई भगवान् विष्णुको नवौं अवतार मानिएको छ।
संस्कृतमा ‘बुध्’ को अर्थ ज्ञान गर्नु वा जाग्नु भन्ने हुन्छ। यही धातुमा ‘क्त’ प्रत्यय लागेर ‘बुद्ध’ शब्द बनेको हो। जसको अर्थ ज्ञान प्राप्त गरेको, बुझेको, बुद्धिमान् तथा जाग्रत अवस्थाको भन्ने हुन्छ। तपोबलले बुद्धत्व प्राप्त गरी यस अवतारमा भगवानले मानिसहरूलाई उपदेश दिई अज्ञानताको निद्राबाट जगाउनुभयो। संसारलाई शान्तिमार्गमा हिँड्न प्रेरित गर्दै जीवन–मरणको दुःखरूपी भवसागरबाट मुक्ति दिलाउने चेष्टा गर्नुभयो। मानवमात्रको उद्धारमा आफ्नो जीवन व्यतीत गर्नुभयो।
बुद्धका उपदेशले संसारलाई हिंसा र युद्धको बाटो छाडी अहिंसा, मित्रता र विश्वबन्धुत्वको मार्ग प्राप्त भयो। जीवन र जगतको अनित्यता सत्य भएको कुरा लोकले बुझ्न सक्यो। लोभ र तृष्णाले दुःख निम्त्याउने हुँदा मानिसलाई त्यागी, दानी बन्न र सम्पूर्ण प्राणीहरूलाई समभावले हेर्न सिकाउने बुद्धको शिक्षा संसारलाई प्रेरणादायी बन्यो। यसरी बुद्धका अनुयायीहरू एसिया हुँदै संसारभर फैलिए। बुद्धका उपदेशले मानव जातिलाई सुख, शान्ति र आनन्द दिलाउने भएकाले उक्त ज्ञानको संसारभर प्रचारप्रसार भयो।
बुद्धले मुख्यरूपमा दुःखलाई सत्य तर स्वीकार गर्नैपर्ने विषयका रूपमा औंल्याउनुभएको छ। तर दुःखको कारणलाई नै पन्छाउने चेष्टा गर्ने हो भने दुःखबाट मुक्त हुन सकिन्छ भनी दुःख हटाउने उपाय पनि सुझाउनुभएको छ। यी उपदेशलाई चार आर्य सत्यका रूपमा लिने गरिन्छ।
(१) दुःख सत्य– यो संसारको प्राकृतिक नियम नै दुःखदायी छ। यसर्थ सबै विषयवस्तु दुःखका कारण हुन्। जन्म, रोग, बुढ्याइँ, मृत्यु, संयोग, बिछोड आदि सबै प्रकृतिको नियम हुन्। यो ज्ञान भनेकै दुःख सत्य हो।
(२) दुःख समुदय– दुःख हुने निश्चित कारणलाई दुःख समुदय भन्दछन्। मानिसमा रहेको लोभ, मोह, रिस–राग, आशक्ति, तृष्णा, स्वार्थ आदिलाई दुःखका मूल कारण भनिएको छ। बौद्ध दर्शनअनुसार पतित्यसमुत्पाद–चक्र अन्तर्गतका जरामरण, जाति, भव, उपादान, तृष्णा, वेदना, फस्स, षडायतन, नाम–रूप, विज्ञान, संस्कार र अविद्याको चक्रलाई दुःखसमुदायका रूपमा लिने गरिन्छ। यी सबैलाई रोकेपछि मात्र तृष्णा निर्मूल हुन्छ र शान्ति प्राप्त हुन्छ।
(३) दुःख निरोध सत्य– तृष्णा अर्थात् आशक्तिमा नै दुःखको जरो हुन्छ। लिप्सा, लोभ, मोह, बन्धन, वासना आदि दुःखका मूल कारणलाई जीवनामा आउन नदिनु वा रोक लगाउनु नै दुःख निरोध सत्य हो।
(४) दुःख निरोधगामिनी प्रतिपदा सत्य– दुःखलाई रोक्ने उपाय वा मार्गका रूपमा दुःख निरोधगामिनी प्रतिपदा सत्यलाई लिइन्छ। यस मार्गका आठ प्रकारलाई आर्य अष्टाङ्गिक मार्ग पनि भनिएको छ। ती मार्गहरूमा सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्मान्त, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि पर्दछन्। यिनको परिपालनाले दुःख अन्त्य गरी निर्वाण प्राप्त गर्न सकिन्छ।
बुद्धले आफ्ना शिष्यहरूलाई विशेष आचरणको परिपालना गर्न पञ्चशीलको पनि शिक्षा दिनुभएको छ। पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् ।
हिन्दु दर्शनले बुद्धलाई विष्णु भगवानको नवौं अवतार मान्दछ। यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । उसबेला मानव समुदायका लागि युगीन उपदेश दिएकैले संसारले आजको युगमा समेत बुद्धलाई ‘एसियाका तारा’ उपाधिले सम्मान प्रकट गरेको छ।
बुद्धजयन्तीका अवसरमा संसारभर बुद्धका मन्दिर, गुम्बा, विहार, मठ, स्तूप, चैत्य आदिमा भगवान् बुद्धको विशेष पूजापाठ, प्रार्थना, प्रवचनलगायत धार्मिक कार्यक्रम र दीपावली गरिन्छ। विभिन्न स्थानमा बुद्धका प्रतिमा, अस्थिधातु, तस्बिर आदिसहित शोभायात्रा निकालिन्छ र ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’, ‘सङ्घं शरणं गच्छामि’जस्ता सुमधुर मन्त्र उच्चारण गरिन्छ।
नेपालको कपिलवस्तुमा जन्मिएर बोधगयाबाट ज्ञान प्राप्त गरी सारनाथमा शिष्यहरूलाई उपदेश दिने बुद्ध एक युगपुरुष हुनुहुन्थ्यो। बुद्धका अनुयायी करौडौंको संख्यामा छन् । त्यस्ता व्यक्तित्वले जन्म लिएको नेपाल भूमि अत्यन्तै पावन छ, पवित्र छ। त्यसैले यस भूमिमा एकपटक पाइला टेक्न संसारका मानिसहरू लालायित हुन्छन्। बुद्धको गुणगान जति गाए पनि कमी नै हुन्छ। यस्ता बुद्धलाई नमन गर्दै अन्त्यमा जनार्दन शास्त्री पाण्डेयले संकलन गरेको एउटा प्रेरणादायी बुद्धस्तोत्रका साथ फेरि पनि बुद्धजयन्तीको हार्दिक मंगलमय शुभकामना–
नमोऽस्तु बुद्धाय विशुद्धबोधये
विशुद्धधर्मप्रतिमासबुद्धये ।
सद्धर्मपुण्योपगतानुबुद्धये ।
भवाग्रशून्याय विशुद्धबुद्धये ।।
।।ॐ नमो बुद्धाय ।।



BUDHHA JAYANTIKO DIN BUDHH DHARBALAMBIHARUKO KATIKO DEWALI PUJAHUNXA UKTA PUJAMA BOKA BALI DIENXA KINA ?B .KOUPDES ANUSAR HINSAGARNU HUDAINA BHANXA.
buddam sarnam gachameeee Jay nepal
om budha namaha:
धेरै धेरै राम्रो छ सबै ! नेपाली ले बुद्ध ले दिनु भएको सेल्को नियम बस्नु पर्छ!
its good
mai le derai Jyaan pay
Happy budha jayanti maro nepali boudhis dharmo ko daju vai dede bohini sampurna sathi harulai mero namaskar cha
बुद्ध धर्म सम्बन्धी ज्ञान नेपालको सबै ठाँउ ,भुमि ,क्षेत्र मा पुगेको छइन यसको लागी पहल गर्नु परो ?
बुद्ध जयन्तीको शुभकामना ! महात्मा बुद्ध ले पनि हिन्दु ,सत्य सनातन धर्मको उपदेश दिएका थिए तर अहिले कहाँ पालना भएको छ ।
happy Buddha jayanti
यस्ता महाज्ञानी गौतम बुद्धको जन्मस्थल नेपाल हुंदाहुंदै माल पाएर चाल नपाएजस्तो गरी बुद्ध नेपालमा जन्मेका हुन भनेर कुर्लनु पर्ने परिस्थिति हाम्रै अज्ञानताको परिणाम हो। बुद्ध नेपालमा जन्मेका हुन भन्ने प्रमाण त हाम्रा आचार विचार र व्यवहारले खै देखाउन खोजेको? बुद्धिष्ट भनिएका जनजातीहरु धमाधम ईषाईकरण हुंदैछन नभई सकेका हरुलाई गाई काटेर खाने प्रेरणा दिंदैछन, न लुम्बिनीलाई योजना अनुसार आकार दिन सकेका छौं, न बुद्ध भूमी नेपाल हो भन्ने सन्देश जाने मठमन्दिर र गुम्बा हरु यत्रतत्र सर्बत्र देखिन्छन। त्यस कारण बुद्ध हाम्रा अनि सबैका हुन भन्ने आभाष विश्वलाई दिन सकौं, यही हो बुद्ध जयन्तीको सही सन्देश। ओम श्री बुद्धाय नमः। जयतु सब्ब मङ्गलम्।
अन्य देशमा बुद्ध कुन देशमा जन्मेको अत्तोपत्तो छैन तर बुद्धको ठुलठुला मुर्ति र उहाँ प्रतिको आस्था कठोर छ।कति दु:ख कुरो हाम्रै देशमा जन्मिनुभएका भगवानको मुर्ति खोज्न र देख्नै मुस्किल।नजिकको देवता हेला भन्छन् हो कि!! बुद्ध धर्म प्रतिको अन्याय हो।
its goods
happy budhha jayanti
We all claim that Buddha was born in Nepal but, we many don’t have the lesson taught by Buddha. If we want respect him, we should walk in the path taught by him.
very nice its
nc
dami
dherai kura haru tha payA
Manaunu parxa
budh gaynti ko mangalmai.shuvkamna.sampurn dagu vai tatha diddi bahine haruma….s.k.y
very nice