वि.सं.२०६२/६३ सालको जनआन्दोलनपश्चात् प्राप्त गरेको नयाँ गणतन्त्रात्मक लोकतान्त्रिक शासन व्यवस्था को जगमा सम्पन्न गरिएको पहिलो संविधान सभाको निर्वाचनबाट बसेको संविधान सभामार्फत १० औं वर्षको अठक राजनैतिक प्रयास र प्रयत्नहरुबाट वि.सं. २०७२ साल असोज ३को दिनमा पहिलो संविधान सभाको देहान्तपश्चात् दोश्रो पटकको संविधान सभाको राजनैतिक सहमतिको साथ ९०% सभासदहरुको सहभागितामा नेपालको पहिलो लोकतान्त्रिक संविधान लेखियो र घोषणा पनि गरियो |

गणतन्त्रमा गएको नेपाललाई पहिचान सहितको भौगोलिक तथा जातीय विभाजनको आधारमा देशलाई सात अथवा पाँच स्टेट(गण) राज्यमा विभाजित गर्ने व संसोधन तथा अनुमोदन गर्न पर्ने विमत भएका मुद्रा, धारा, उपधाराहरूलाई त्यतिकै ठाँती राखेर भएपनि अनेक मतभिन्नता बावजूद पनि देशको शान्ति, शु-व्यवस्था र व्याप्त राजनैतिक अस्थिरता एवं संक्रमणलाई अन्त्य गर्न र नयाँ नेपालको भविष्यको लागि देशले निकास पाउने उद्धेश्यले सर्वसहमतिमा नयाँ संविधान पारित गरिएको थियो | यसरी १० औं वर्षमा हुन नसकेको उपलब्धि अचानक हतारैमा पारित भएको नेपालको संविधान कतिको जनविश्वासी, जनमुखी हुने हो परीक्षणकालको रुपमा हेर्न नै बाँकी देखिन्छ |

त्यहीपनि राजनैतिक विशेषकहरु जल्दबाजी अर्थात् हतारैमा बनाएको संविधान घोषणा मात्र गर्दैमा सर्व जनस्वीकार्य हुन नसक्ने र त्यसमा निहित कमिकमजोरी तथा पक्षपात् विभेदपूर्ण निर्णयहरुका कारण संविधानको पुनश्च जनविरोध हुनसक्ने विचार राख्दछन् | जुन समयसापेक्षित देखिएको छ | भनेजस्तै संविधान सभामै बहिष्कार गरी बाहिर निस्केका तराईका असन्तुष्ट मधेशी दलका राजनैतिक नेताहरु र सबै मधेशबासी सहित संविधानमा तिनीहरुको हक-अधिकार सुनिश्चित नगरीएको र राजनैतिक रिउप्ले विभेदपूर्ण भएको कारण पूरै तराई एकढिक्का भएर बहिष्कारपूर्ण जनआन्दोलनमा उत्रिए | जुनपछि गएर बढि हिंसक हुनपुग्यो र आजको मितिसम्म आउंदापनि कत्तिको ज्यान जानुका साथै अशान्ति र अस्थीर मधेशको हालत छ |

तर सरकारपक्ष सातदलीय राजनैतिक सहमतिमा असोज ३ गतेको राष्टबाट घोषित संविधान दिवसको दिनलाई अझै राष्ट्रिय दिवसको रुपमा मनाउनेसम्मको घोषणा मन्त्रिपरिषदको बैठकको निर्णयपश्चात् गरिसकेको छ | संविधान सभाका ५९८सभासदहरुमध्यबाट ५०७ सभासद्को सहमति,२५को असहमति तथा मधेशी दलहरुका ६६ जना प्रतिनिधिहरुको संविधान र सभा दुबै बहिष्कार बावजुद प्राप्त नयाँ संविधानको छिट्टै नै संस्थागत व्यवस्था संसोधन,विकास होस् र नयाँ नेपालले नयाँ गति,नयाँ आयाम पाओस् सबै जनताको जनअपेक्षा रहेको छ | यसदिन नेपालअधिराज्यभर सार्वजनिक विदा हुनुको साथै राष्ट्राध्यक्षको सहभागितामा विभिन्न राष्ट्रियस्तरका प्रमुख राजनैतिक दलको संलग्नतामा विविध कार्यक्रमहरु गरी देशभर स-हर्ष संविधान दिवस मनाइने र सम्झिने गरिन्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved