No Image

विजयादशमीका दिन गरिने विशेष विधिहरू

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अक्टोबर 19, 2018

विजयादशमीका दिन गरिने विशेष विधिहरू

क. नित्यपूजा सकेर जया, विजया सहित अपराजिताको पूजा गर्ने
ख. दुर्गा भवानीसहित स्थापित समस्त देवीदेवताको शुभसाइतमा विसर्जन गर्ने।
ग.  शुभसाइतमा गुरु, पुरोहित एवं आफ्ना मान्यजनका हातबाटटीकाप्रसाद एवं आशीर्वाद ग्रहण गर्ने।
घ. राष्ट्रध्यक्षले देशको सीमासम्मको यात्रा गर्ने।
ङ. शमीको दर्शन, पूजन गर्ने। आदि।

दैनिक पूजनादि एवं नवरात्रसम्बन्धी पूजन कार्य सकेर थालीमा अष्टदल लेखी दक्षिणतर्फ जया, उत्तरमा विजया र बीचमा अपराजिता देवीको स्थापना गरेर षोडशोपचारले तीनै देवीको पूजा गरी प्रार्थना गर्नुपर्छ।

प्रार्थना गर्ने मन्त्र-
जयदेवी जगन्मातर्जय विश्वविमोहिनि।
प्रसीद मम कल्याणि वाञ्छासिद्धिकरी भव।।

यसैगरी ग्रहपूजा, पाँच प्रकारका ध्वजा पताका आदिको पूजा गर्नुपर्छ। कुलदेवता र इष्टदेवताको पूजा गरी शांखजल एवं अर्घ्य चढाउनुपर्दछ। अन्त्यमा अर्घ्य दिने मन्त्र-
ॐ गन्धाक्षतैश्च संयुक्तं फलपुष्पयुतं तव।
दत्तमर्घ्यं गृहाणेदं प्रसीद परमेश्वरी।।
यसपछि क्षमा मागी दण्डवत् प्रणाम गर्नुपर्छ।

दुर्गा भवानीसहित स्थापित देवताहरूको विसर्जन गर्ने विधि-

पूजास्थलमा प्रवेश गरी यस वर्षको ८:१ बजे विसर्जनको शुभसाइतमा चन्दन, अक्षता, फूल लिएर घटस्थापनादेखि अपराजितासम्म आवाहन गरेका देवीदेवताहरूमाथि छर्किंदै यी मन्त्रहरूको पाठ गर्नुपर्छ-
ॐ दुर्गे देवि जगन्मातः स्वस्थानं गच्छ पूजिते।
संवत्सरे व्यतीते तु पुनरागमनाय वै।।
ॐ उत्तिष्ठ देवि चण्डेशि शुभपूजां प्रगृह्य च।
कुरुष्व मम कल्याणमष्टाभिः शक्तिभिः सह।।
गच्छ गच्छ परं स्थानं स्वस्थानं देवि चण्डिके।
यत्पूजितं मया देवि परिपूर्णं तदस्तु मे।

नित्यपूजा गरिने बाहेक सबै देवीदेवतामा फूलअक्षता चढाउनुपर्छ। घटस्थापना गरेको कलश चलाएर हल्लाएर अलि कति ठाउँ सार्नुपर्छ। यसपछि नयाँ अक्षता जमरा आदि कुलदेवताहरूलाई चढाउनुपर्छ ।

कलशको जलले अभिषेक-

ॐ द्यौः शान्ति… वैदिकमन्त्र र सुरास्त्वाभिषिञ्चन्तु… आदि वैदिक एवं पौराणिक मन्त्रहरूले यजमान र यजमानका पत्नीपुत्रादिलाई राखेर अभिषेक गर्नुपर्छ। अभिषेकमा पत्नीलाई बायाँ (देब्रेतिर) बसाउनुपर्छ।

टीकाजमरा एवं प्रसाद ग्रहण–
आज विजयादशमीको टीका-प्रसाद ग्रहण गर्न काठमाडाैंका लागि बिहान ९:५१ बजेको साइत उपयुक्त रहेको छ। अन्यत्र यो समयमा केही हेरफेर हुन सक्छ।
यद्यपि देवीको प्रसाद ग्रहण गर्न साइत पर्खनुपर्दैन, आफ्नो अनुकूल समयमा प्रसाद ग्रहण गर्न सकिन्छ। थालीमा अक्षता राखेर दही, रातो रङ आदि लगार्इ आब्रह्मन् ब्राह्मणो… आदि मन्त्रले टीका मुछेपछि देवीपार्षदहरूलार्इ टीका, जमरा चढाउनुपर्छ। त्यसपछि घरको मूलथाम, मूलढोका आदिमा टीका लगार्इ गुरु पुरोहित र मान्यजनका हातबाट टीका ग्रहण गर्नुपर्छ।

टीकाको आशीर्वाद–

पुरुष–
आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने।।
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।

लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने भारती कण्ठदेशे।
बर्धन्तां बन्धुवर्गाः सकलरिपुगणाः यान्तु पातालमूले।।
देशे देशे च कीर्तिः प्रसरतु भवतां कुन्दपुष्पेन्दुशुभ्रा।
जीव त्वं पुत्रपौात्रैः सकलसुखवृतैर्हायनानां शतञ्च।।

महिला–
जयन्ती मंगलाकाली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोSस्तु ते।।
सर्वमंगलमांगल्ये शिवे सर्वार्थसाधिके।
शरण्ये त्र्यम्बके गौरी नारायणी नमोSस्तु ते।।

निवसतु तव गेहे निश्चला सिन्धुपुत्री।
प्रवसतु भुजदण्डे कालिका वैरिहन्त्री।।
तव वदनसरोजे भारति पातु नित्यम्।
अचलतु तव चित्तं पादपद्मं मुरारेः।।


Related Posts
चैते दसैं र राम नवमी
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 12, 2019
विक्रम संवत् – नयाँ वर्षको संकल्प
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 14, 2018
फागु पूर्णिमा (होली)
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
फ्रेवुअरी 26, 2017
आमलकी एकादशी
By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .
फ्रेवुअरी 26, 2018
ग्याल्पो लोसार
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
फ्रेवुअरी 27, 2017
Comments
    Madhav Devkota

    Appreciated job..!


Load more comments
Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!