No Image

महाअष्टमी

By Nepali Patro in चाडपर्व .
मार्च 1, 2017

महाअष्टमी

बडादशैंको प्रथम दिनदेखि नवदुर्गा भवानीको आवाह्न गरी स्थापना गरेको पूजाकोठामा दशैंको नवरात्रीको आठौं दिन अर्थात् महाअष्टमीको दिन दुर्गा भवानीको डरलाग्दो रुप महाकाली वा भद्रकालीको विशेष पूजाआजा गरिन्छ |महासप्तमीमा आवाह्न गरेका नवदुर्गा भवानी अर्थात् माता भवानीको विभिन्न अवतारका जस्तै शैलपुत्री, चंद्रघण्टा,कुश्माण्डा, स्कन्दमा, कात्यायनी,ब्रम्ह्चारिणी,कालरात्रि,महागौरी, शिद्धिदात्री, आदि इत्यादिको विधिवत पूजाआजा गरी आफ्नो हैसियत अनुसारको पशुबलि,हाँस,कुखुरा,बोका,राँगो, आदि चढाइन्छ |

हिन्दू धर्मशास्त्रको कथन अनुसार सतीयुगमा माता सतीका राजा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली माता भद्रकालीको रुपमा यसै अष्टमीको दिनमा उत्पन्न हुनु भएको थियो भन्ने धार्मिक विश्वास र मान्यता राखिन्छ | तसर्थ, महाअष्टमीको दिन विशेषरुपले भद्रकाली माँको विविध सोह्र पूजा सामाग्री सहित विधिवत् पूजाआजा गरिन्छ |अर्को ऐतिहासिक कथन र चलिआएको रीति-परम्परा अनुसार राजकीय दशैँघर हनुमानढोकाको मूल चोकसामुको तलेजु भवानीको मन्दिर अगाडि ५४ राँगा, र त्यतिकै नै बोकाको पशुबलि, अर्पण गरी महाकाली, भद्रकाली, माताको पूजा एवं आवाह्न गरिन्छ | यसदिन सर्वसाधारणलाई तलेजु मन्दिर परिसर खुल्ला राखिन्छ |

यसदिन प्राय: नेपालीहरुले आ-आफ्ना कुलदेवी/देवतापनि पूजा गर्ने गर्छन् भने सबै किसानहरुको घरघरमा फूलपातीको दिन स्थापना गरिएका खेत जोत्ने सामाग्रीहरु कोडालो, खन्टी र प्रयोगमा हुने हात हतियार आदिको पनि विधिवत् पूजा गरी राखिन्छ | जुन दशमीको दिनमा विसर्जन गरिन्छ |


Related Posts
विजयादशमीका दिन गरिने विशेष विधिहरू
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
सेप्टेम्बर 30, 2017
बडादसैंका प्रमुख कृत्यहरू
By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .
अक्टोबर 10, 2018
घटस्थापना
By Nepali Patro in चाडपर्व .
मार्च 1, 2017
राष्ट्रिय पर्व बडादसैं
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अक्टोबर 9, 2018
महानवमी
By Nepali Patro in चाडपर्व .
मार्च 1, 2017
विजया दशमी
By Nepali Patro in चाडपर्व .
मार्च 1, 2017
    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!