No Image

मजदुर दिवस

By Nepali Patro in अन्तर्राष्ट्रिय दिवस .
फ्रेवुअरी 26, 2017

अंग्रेजीपात्रो अनुसार हरेक वर्षको मई प्रथम दिन अन्तर्राष्ट्रिय अर्थात् विश्व मजदुर दिवस विश्वभरका समस्त मजदुर वर्ग तथा कामदारहरुको हक हित र अधिकारको नारा एवं ’emको लागि भएका उन्नति, प्रगतिको प्रतिकको दिनको रुपमा अन्तर्राष्ट्रिय अर्थात् विश्व मजदुर दिवस मनाउने गरिन्छ | यसदिन विश्वका ८० भन्दा बदि राष्ट्रहरुमा राष्ट्रिय बिदा दिई मनाइन्छ भने अरु केही मुलुकहरुमा अलग-अलग मितिमा भिन्ना भिन्नै नाममा भएतापनि विश्व मजदुर दिवस मनाउने गरिन्छ |

विश्व स्तरमा मनाइने मजदुर दिवस इश्वी सं १८८६,मई ४ तारिखको दिन निम्न वर्गीय मजदुरहरुले आफ्ना हक,हित र दैनिक ८ घण्टामात्र काम गर्न पाउनुपर्ने नाराका साथ अमेरिकाको सिकागो मा भएको हैपरमार्केट आन्दोलन तथा रक्तपातमा मारिएका श्रमिक मजदुरहरुको सम्मानमा अनि सन् १८८९ मा पेरिसमा प्रस्तावित मस्यौदा अनुसार सन् १८९१ मा वैधानिकरुपमा दोश्रो अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा सामाजिक संघको भेला-गोष्टीबाट पारित भएको ऐतिहासिक दिनको सम्झनामा हरेक मई १ तारिखको दिन विश्व मजदुर अर्थात् श्रम दिवस मनाइन्छ |

पहिला पहिला संसारभर असुरक्षित कार्य प्रणाली अन्तर्गतका असुरक्षित कार्यस्थलमा दैनिक स्वषितरुपले १६/१८ घण्टा सम्म मजदुरहरुको काम गर्नु पर्ने अवस्था थियो भने सन् १९०४ मा आम्स्तरदममा बसेको राष्ट्रसंघीय स्तरको अन्तर्राष्ट्रिय मजदुर एवं सामाजिक संघसंस्थाको वृहत् सभाबाट अनुमोदित दैनिक ८ घण्टा मात्र काम गर्ने र गराउन पाउने तथा कार्य सुरक्षाको एवं बीमाको व्यवस्था गर्नुपर्ने र सम्मानपूर्वक व्यवहार जस्ता नियमले वैधानिकता पाई संसारभर लागु गरिएको थियो | तसर्थ संसारभर मई १ को दिन सबै किसिमका कामकाज बन्द गरिन्छ-श्रम र मजदुरीको सम्मानमा यसरी संघर्षपूर्ण प्राप्त गरेका उपलब्धिहरु को याद गरीकन |

 


Related Posts
चैते दसैं र राम नवमी
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 12, 2019
विक्रम संवत् – नयाँ वर्षको संकल्प
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 14, 2018
फागु पूर्णिमा (होली)
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
फ्रेवुअरी 26, 2017
आमलकी एकादशी
By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .
फ्रेवुअरी 26, 2018
ग्याल्पो लोसार
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
फ्रेवुअरी 27, 2017
Comments
    Bhupendra Prasad Shah

    it easy to say but in real life hurt when labour take extra rupess & dosen´t come to work & sleep in wisky bar & government also sent all young to work for another country & earns money with he/her blood


Load more comments
Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!