नाग

हिन्दू धार्मिक परम्परा अनुसार हरेक वर्षको श्रावण महिनाको शुक्लपक्षको पंचमी तिथिको दिनमा नाग अर्थात् सर्पको विधिवत् तरीकाले पूजाआजा गरी नागपञ्चमी मनाइन्छ | यस दिन हरेक नेपालीको घरको ढोकामा विभिन्न किसिमका नागको चित्रमा शुद्ध गाईको दूध, अक्षता, टीका,फुल दुबोले पूजा गरी गाईको गोबरको सहायताले टाँसिन्छन् | नागपञ्चमीको दिन नागका अष्टकुल अर्थात् अनन्त बासुकी पद्म, महापद्म,तक्षक,कुलीर, कर्कट र शङ्ख नाग आदिको चित्र घर-घरमा टाँस्नाले घरमा चट्याङ नपर्ने, आगो नलाग्ने र सर्पको डर समेत् नहुने धार्मिक आस्था तथा विश्वास रही आएको छ |

नागपञ्चमीको दिन घरको मुख्यव्दारमा नाग देवताको आकृति भएको तस्वीर टाँसी विधिवत् पूजा गर्नाले नागराज देवता खुशी हुने सर्पको डर-भय नहुने हिन्दू शास्त्रीय मान्यता रहिआएको छ भने यसै दिनबाट वर्षायाम समाप्त भई हिउँद शुरु भएको मान्ने पनि गरिन्छ | यस दिन नेपाल, भारत लगायतका अन्य हिन्दूराष्ट्रहरुका विभिन्न नागदेवताको मन्दिरहरुमा ठूलो श्रद्धाका साथ श्रद्धालु भक्तजनहरुको मेला लाग्ने गर्दछ | ज्योतिषीय शास्त्रअनुसार श्रीपञ्चमी पश्चात् कुनै कार्य सम्पादन गर्नका लागि शुभ- तीथि-मिति/साईटको दिन भनेको नाग पंचमीको दिन पनि रहेको विश्व गरिन्छ |

यस विशेष दिन सबै हिन्दूहरुको घर-घरमा नाग देवताको विधिवत् सबै सामाग्री सहित पूजाआजा गर्ने र विशेष नाग स्तोत्रको पाठ पनि कहिँ कतै गर्ने गरिन्छ | बराह्रपुराणमा उल्लेख भएअनुसार नागराज संगै ब्रह्माको संवाद श्रावण शुक्ल-पञ्चमीको दिनमा भएको भन्ने धार्मिक विश्वास रहेकोले नागपूजाको लागि आजको नागपञ्चमीको दिन प्रसिद्ध रहेको भन्ने मान्यता छ | यस दिन तसर्थ, नाग देवताको पूजा गर्नाले नाग,सर्पहरु वर्षायामको चर्को,गर्मी र वर्षातको कारण मानिसको घर-घरमा छिर्ने डर-भय नहुने धार्मिक एवं सामाजिक मान्यता रहेको छ |

नागपञ्चमीको दिन आस्थावान धर्मावलम्बीहरु विधिवत् तरिकाले व्रत पनि बस्ने गर्छन् र पुरै दिनको व्रतपछि सूर्यास्तभएपश्चात् नागदेवताको पूजाको लागि सब पूजा सामग्री एवं खीरप्रसाद इत्यादि नागदेवताको मूर्तिमा अथवा नाग धारणा गरेको शिवको मन्दिरमा अर्पण गर्ने र सबैलाई प्रसादका रुपमा बाँड्ने,आफूले पनि ग्रहण गर्ने गरी व्रत समापन गर्ने चलन पनि छ |

कुनै पनि नयाँ भवन तथा घरनिर्माण गर्दा भूमिमा नाग देवताको बास भए तीनको विधिवत् पूजाआजा गरी पन्छाए,नागको दोषबाट मुक्त हुने र घर/भवन शुभ हुने जन-विश्वास रहेको छ| त्यसमा पनि नागपञ्चमी कै दिन सो कार्य गरेमा अझ उत्तम एवं शुभ रहने मान्यता पनि छ|

यसरी हरेक वर्षको श्रावण महिनाको शुक्लपक्षको पञ्चमी तीथिको दिनमा निकै श्रद्धा र भक्तिभावका साथ मनाइने नागपञ्चमी एक श्रद्धा,विश्वास र मान्यताको पर्व हो, सबै हिन्दूहरुको लागि |

7 responses to “नाग पञ्चमी”

  1. sen gagan says:

    nepali vasa ko chadparba

  2. Netra Roka says:

    Good

  3. Somghimire says:

    Om naag raja rani

  4. radika giri says:

    gaiko dudh, nag puja ra kali mata ko hawan

  5. सनतोष रिजाल says:

    हिनदु चाड परव मनाउदै जौ मानयता दिदै जौ

  6. ashish dhaulakoti says:

    jai naga dabata

  7. सुबास कार्कि says:

    धेरै राम्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved