आजबाट विक्रम संवत् २०७६ साल शुभारम्भ भएको छ। नेपालमा सर्वमान्य, वैधानिक र राष्ट्रिय संवत् का रूपमा विक्रम संवत् लाई लिइन्छ। यही संवत् का आधारमा नेपालको राष्ट्रिय पञ्चाङ्ग अथवा क्यालेन्डर तयार हुन्छ। हरेक वर्ष वैशाख संक्रान्तिबाट प्रारम्भ भएको नयाँ संवत् चैत्र मसान्तमा टुंगिन्छ। संसारका सबै संवत् मध्ये सर्वाधिक वैज्ञानिक तथा सूर्यको गति र प्रकृतिमा आधारित संवत् नै विक्रम संवत् हो।

संसार, समय र प्रकृतिका नियामक सूर्यनारायण हुनुहुन्छ। वेदमा सूर्यलाई जगतको आत्मा (सूर्य आत्मा जगतस्थुषः) भनिएको छ। समस्त चराचर जगतका प्रत्यक्ष पालनकर्ता सूर्यनारायण नै भएकाले यसो भनिएको हो। विक्रम संवत् सूर्यको गतिका आधारमा चल्दछ। यसमा रहेका वैशाख, जेठ आदि १२ महिना सूर्यको १२ राशि–सञ्चार हुन्। सूर्य एउटा राशिमा भ्रमण गर्ने समय १ महिना हुन्छ। सौरमानको गणना सूर्यसिद्धान्तका आधारमा गरिन्छ।

संसारमा सूर्यसमान नियमित र तेजस्वी अरू कुनै चिज छैन। वेदमा परब्रह्म परमात्माको नेत्रस्वरूप मानी सूर्यनारायणलाई ‘चक्षु’ पनि भनिएको छ। संसारलाई नियाल्ने प्रत्यक्ष देवताका रूपमा सूर्यनारायणलाई लिइन्छ। उदयकालमा लोकमा अमृत बर्साउने हुँदा प्रातःकालमा संसारले ऊर्जा प्राप्त गर्दछ। सूर्यको तापले अनेक रोग निवारण हुन्छन्। यसर्थ सूर्योदयकालको ठूलो महिमा छ। समस्त देवताहरूले जसका पाउमा आफ्नो शिर निहुराई वन्दना गर्दछन्, त्यस्ता देवाधिदेव भगवान् शिव पनि उदय र अस्तकालमा उनै सूर्यनारायणलाई अञ्जलीद्वारा नमस्कार गर्नुहुन्छ। यस्ता सूर्यनारायणलाई पवित्र गायत्रीद्वारा समस्त लोकले उपासना गर्दछन्। वेदमा सर्वाधिक सूर्यनारायणकै चर्चा पाइन्छ।

सूर्यदेव समयका नियामक हुन्। युग, वर्ष, ऋतु, मास, पक्ष, दिन, प्रहर, घण्टा, मिनेट, सेकेन्ड, घडी, पला, क्षण जे भने पनि यी सबैको मापन सूर्यकै गतिका आधारमा गरिन्छ। जब सूर्यनारायण आकाशमध्यमा आइपुग्नुहुन्छ, त्यति बेला हाम्रो हाते घडीमा १२ बजेको हुन्छ। यसर्थ हरेक देशले एउटा निश्चित केन्द्रविन्दुमा बसेर वेध गरी सूर्य मध्यआकाशमा आइपुगेको समयलाई मध्याह्नको १२ बजे मानी राष्ट्रिय समय निर्धारण गरेका हुन्छन्। स्थानभेदले गर्दा संसारका विभिन्न देशको समय भिन्नाभिन्नै भएको हो।

कलिगत संवत् ३००० बितेपछि प्रारम्भ भएको विक्रम संवत् चलाउने राजा विक्रमादित्य हुन्। उनले नेपालको काठमाडौंमा आई जनताहरूको ऋण तिरिदिएर राजसिंहासनमा आरूढ भई विक्रम संवत् चलाएको प्रमाण बत्तीसपुतली र बज्रयोगिनीमा भएको इतिहासकारहरू बताउँछन्। पछिल्लो समय नेपालमा औपचारिक रूपमा विक्रम संवत् १९६० सालपछि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले यसलाई चलनमा ल्याएका हुन्। त्यसअघि चलेका शकसंवत् तथा नेपालसंवत् सरकारी कामकाजमा अव्यावहारिक देखिएकाले तत्कालीन ज्योतिषीहरूको सुझावअनुसार उसबेला सबैभन्दा वैज्ञानिक, व्यावहारिक र ऐतिहासिक विक्रमसंवतलाई व्यवहारमा ल्याइएको इतिहासकारहरूको मत छ। विक्रम संवत् ग्रेगोरियन क्यालेन्डर (इस्वी सन्) भन्दा ५६ वर्ष ९ महिना १५ दिनले जेठो छ।

वैशाख १ गते नयाँ वर्षको पहिलो दिन हो। यही दिनबाट सूर्य, चन्द्रमा आदि नवग्रह गतिशील बनी सृष्टिक्रम अघि बढेको विश्वास गरिन्छ। यस बेला समयका नियामक जगच्चक्षु सूर्यनारायण मीन राशिबाट मेष राशिमा प्रवेश गर्दछन्। ज्योतिषशास्त्रमा मेष राशिलाई सूर्यको उच्च राशि मानिन्छ। सूर्यनारायण उच्च राशिमा प्रवेश गरेपछि नयाँ वर्ष प्रारम्भ हुन्छ र प्रकृतिमा नयाँपन आउँछ। वनस्पतिहरूमा पुराना पात सकिएर नयाँ पालुवा आउँछन्। आकाश सफा हुन्छ। दिनहरू लामा र न्याना हुन्छन्। सारा जीव–जीवात्मा प्रसन्न हुन्छन्। मानिसमा पनि एकप्रकारको आनन्द छाउँछ।

नयाँ वर्षको आगमनले मानिसको सोचमा परिवर्तन आउँछ। प्रत्येक नयाँ वर्षले मानिसलाई थप परिपक्व बनाउँदै लान्छ। यसर्थ यसअघि गरिएका तमाम खराब कृत्यहरू गर्न छोडेर अब सत्यको बाटोमा हिँड्नुपर्छ भन्ने संकल्पका साथ पुराना दुःखकष्टलाई बिर्सिएर जीवनलाई अर्कै मोडमा परिवर्तन गर्ने उद्देश्यका साथ विभिन्न आशाहरू लिएर अघि बढ्छ मान्छे।

नयाँ वर्षमा सूर्यनारायणको तेजले मानिसमा पनि नयाँ जोस, जाँगर र उमंग भरिएर आउँछ। यही समयमा अनेक शुभकामना आदानप्रदान हुन्छन्। नयाँ संकल्प गरिन्छन्। यी सबै पक्षलाई मानिसले आत्मसात् गर्न सक्ने हो भने जीवनमा साँच्चै परिवर्तन आउँछ। यसका लागि प्रबल इच्छाशक्ति, दृढसंकल्प, आत्मविश्वास र क्रियाशीलताको खाँचो पर्दछ। यी सबै प्राप्त गर्न सूर्यनारायण र आफ्ना इष्टदेवको आशीर्वाद चाहिन्छ।

उन्नति प्रत्येक मानिसको आफ्नै हातमा हुन्छ। उद्यमेनैव सिध्यन्ति कार्याणि न मनोरथैः। अर्थात् इच्छा मात्र राखेर मनोकामना पूर्ण हुँदैनन्, कर्म गर्नुपर्दछ। त्यो पनि बारम्बार कर्म गरेपछि अनि फल प्राप्त हुन्छ। लक्ष्यको शिखर सानो छ भने सगरमाथाको चुचुरो कसरी चुमिएला? यसर्थ लक्ष्यको निसाना उन्नतिको शिखर हुनुपर्छ। अनि मात्र लक्ष्यको सगरमाथा चुम्न सकिन्छ।

भगवान् सूर्यनारायण तेजका पुञ्ज हुनुहुन्छ, जसको सानो स्पर्शले अनेक फूल फक्रिन्छन्। तपाईं सूर्यको तेजलाई मस्तिष्कमा धारण गर्नुस्, संसारमा फूलजस्तै सुवासित बन्नुहुनेछ। सूर्यनारायण लाखौं प्रेरणाका स्रोत हुनुहुन्छ, जसको नियमित अनुशासनलाई पछ्याउने प्रयास मात्र गर्नुस् तपाईं स्वयं लाखौंको प्रेरणा स्रोत बन्न सक्नुहुन्छ। सूर्यनारायण नियत समयमा उदाएर नियत समयमै अस्ताउनुहुन्छ। समयको पावन्दीमा कुनै तलमाथि छैन। तपाईं नियत समयमा आफ्ना कर्तव्य पूरा गर्नुस्, घामको झुल्कोसँगै आएको लालिमाजस्तै सफलताले तपाईंलाई पछ्याउनेछ। सूर्यनारायणको शिक्षा प्राप्त गर्ने असल शिष्य रामभक्त हनुमान हुनुभयो। त्रेता युगका हनुमानको कीर्ति जसरी आजसम्म प्रसिद्ध छ, त्यस्तै कीर्तिमान बन्न सक्नुहुनेछ।

एउटा वर्ष सूर्यको एक भगण वा पृथ्वीको एक कक्षपरिक्रमाको समय हो। तर अल्पायु मानिसका लागि १ वर्ष सानो समय होइन। हरेक नयाँ वर्षसँगै मानिसको आयु १ वर्ष घटिरहेको हुन्छ। यसरी घट्दो आयुको समय सीमाभित्र प्रत्येक मानिसले धर्म, अर्थ, काम र मोक्षका चार चरण पार गर्नुपर्दछ। जीवनलाई सार्थक बनाउँदै अन्त्यमा मोक्षमार्ग अवलम्बन गर्नु ईश्वरत्व प्राप्त गर्नु हो। यसर्थ मानिसको उमेर र अवस्थाअनुसार लक्ष्य निर्धारण गर्नु पर्दछ। मानिसको आत्मामा ईश्वरको निवास हुन्छ। यसर्थ आत्मचिन्तनद्वारा आत्माको ईश्वरलाई जागरण गर्न सक्नुभयो भने तपाईंको जीवन सार्थक हुनेछ।

नयाँ वर्षको दिनमा सूर्य तथा आफ्ना इष्टदेवताको पूजा गर्नुपर्दछ। विभिन्न धार्मिक तथा सामाजिक कृत्यहरूमा सहभागी बन्नुपर्छ। नजिकका मन्दिरमा गएर देवताको दर्शन, पूजा गर्नुपर्छ। यथाशक्ति आफन्तमा नयाँ वर्षको शुभकामना पनि व्यक्त गर्नुपर्दछ। यस्ता कृत्यहरूमा आफ्ना बालबालिकालाई अघि सार्दै आफ्नो परम्परा सिकाउने गरिन्छ।
यस दिन परिवारका सबै सदस्य बसेर गतवर्षका कार्यको र आयव्ययको समीक्षा गर्दै नयाँ योजना तर्जुमा गर्न सकिन्छ। नयाँ वर्षमा गरिने कार्यविशेष, पढाइ, व्यवसाय, व्यापार आदिको नयाँ लक्ष्य निर्धारण गरी संकल्प एवं कार्य प्रारम्भ पनि आजकै दिनमा गर्न सकिन्छ।

अन्त्यमा,
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया:।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:खभाग्भवेत् ।।
सर्वेषां स्वस्तिर्भवतु।
सर्वेषां शान्तिर्भवतु।
सर्वेषां मङ्गलं भवतु।।

105 responses to “नयाँ वर्षको संकल्प”

  1. Prince pawan says:

    happy new year
    to all my Nepali friends

  2. chandra purja says:

    ramro laguo sujab prsarn ko lagi

  3. narendra bhandari says:

    happy new years

  4. Madan Tamang says:

    नयाँ बर्ष को शुभकामना देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाईहरु तथा दिदी बहिनीमा

  5. Ramesh says:

    Happy new years same to you

  6. kalu giri says:

    नया बर्सा को सुभा कामना

  7. Amir Moktan Lama says:

    Happy New Year 2075

  8. prakash shrestha says:

    ramro

  9. kamal kshetri says:

    यो सब्दलाइ अडियो बनाएर पोस्ट गर्दिए अझै उचित हुन्थ्यो।

  10. Raj kumar says:

    Happy New year 2075

  11. majid hawari says:

    happy New Year 2075 all nepali

  12. रन्जन अधिकारि says:

    समग्रमा सबै पछ्य राम्रो छ

  13. Sanu lama says:

    happy new year

  14. manoj dulal says:

    this is the best app in Nepal I love it…

  15. ishwor khanal says:

    dherai ramroo Gyan parpta vo Nepali patroo Lai Pani Naya salko suvakamana .

  16. sudip chhetri says:

    dhanu rasi le k gari khada ramro hola

  17. Kheharu Mahara says:

    Happy new year

  18. yubraj dheeraj says:

    good

  19. chhogel yolmoo says:

    happy New year

  20. Deepak says:

    ♥️♥️♥️

  21. दिल कुमार राई says:

    नयाँ बर्षको यी संकल्प साच्चै राम्रा छ्न मेरो ,मेरा परिवार ,आफन्त,साथीभाई,नातागोता सबैका यो बर्षले खुसी,सुखी,सम्पन्न अनि स्वास्थ सबै क्षेत्रमा राम्रो अनि सफलता मिलोस नयाँ बर्षको यी संकल्प सबै पुरा हुन् धन्यवाद !

  22. Ganesh Prasad says:

    बुराई छडॉानुस अच्छाई जोगाऊंनुस

  23. Raju B Rokaya says:

    Happy new year 2075 all my Nepali people and I am stimly so happy

  24. Dhan Bahadur Raj says:

    on it is true jai jai jai surya dev..

  25. suresh sharma says:

    HAPPY NEW YEAR 2075 ko SUVKAMANA
    sabai Nepali sathi,didi,mitr,thatha afu vanda thula wargharuma byaqt garn chahanxau?

  26. sharan Bdr.khadka says:

    all peple are happyness of 2075

  27. jitendra budhamagar says:

    sampurna nepali aama buwa, dajubhai, didi bahini, teacher, samajsebi, sampurna desbasiharu ma ma jitendra buma ko tarphbat hardik subhakamana byakta garna chahanxu.
    love you nepali people, I love nepal……

  28. aakash mandal says:

    happy new year to all my country people.wish u happy new year 2075

  29. puran rana says:

    shubhakamna
    2075
    kamna

  30. SANTOSH kHaDka says:

    happy new year 2075

  31. Tej Bahadur Rawat says:

    Very Happy New Year 2075 For New Thought For Sustainable Development For New Thinker .

  32. Tej Bahadur Rawat says:

    Every Man In This Millinium Want To dailyUpdate_ For New Work.

  33. Chhotan kumar yadav says:

    Thanks

  34. Kamalesh Prajapati says:

    Nice

  35. Dhanapati Rimal says:

    New year 2075

  36. safalaryal says:

    new year2075

  37. prashant says:

    wow

  38. Ram Chandra ram says:

    Love123

  39. krishna says:

    naya barsako suvkaman nepali patro pariwarlai

  40. rabindra shrestha says:

    nepal is the best

  41. sagar rana says:

    ramro

  42. हरिश ठगुन्ना says:

    thik xa

  43. Dipendra Dhungana says:

    Happy New year to all the Neplease communities and whole family members of the entire nation ✌

  44. पुकार बराल says:

    नयाँ नयाँ कुरा दैनिकी पेश गर्नु

  45. Yogesh Bhatt says:

    well

  46. Chandan Nepali says:

    happy new years

  47. Buddhiman Tamang says:

    ekdam ramro xa Nepali patro

  48. sagar khaniya says:

    good

  49. kamal gyawali says:

    dherae ramro cyalendar

  50. Basant Giri says:

    Happy new year. all friend

  51. जंग बाहादुर says:

    सबै लाई शुभ कामाना

  52. laxmansingh says:

    Very nice

  53. NIM G KHATRI says:

    desh bidesh ma rahanu vayeko sampurna daju bhai tatha malai chinne nachinne sabailai mero tarfa bat naya barsha 2075 KO SUBHAKAMANA NAYA BARSA LE SABAI KO HASHI KHUSI LYAOSH SABAI LE SOCHE KAAM HARU PURA HOS VANDAI 2075 SHAL KO LAKHAU LAKH SUBHAKAMANA

  54. Santosh Timalsina says:

    नेपालमा रहनुहुने सम्पुर्ण नेपाली दाजु-भाई,दिदि बहिनी इष्ट मित्र हरुलाई नयाँ बर्ष 2075 को हार्दिक मंगल् मय शुभकामना ।

  55. Rahul yadav says:

    nice

  56. शिवकुमार नेपाल says:

    हजूरहरूलाई पनि नववर्ष २०७५-को हार्दिक हार्दिक शुभकामना। साह्रा नेपाली महानुभावमा यस नववर्षले सुस्वस्थ्य समृद्धि र चीरायु ल्याओस। त्योभन्दा बढ़ी मानवता ल्याओस। मानिस-मानिसबाट मानिस ननिस्सासिओस। अकाल मृत्यु कसैको नहोस। सवै नेपाली सुदृढ़, पराक्रमी बनून। सर्वाङ्गीण रूपमा सशक्त र समृद्ध बनून विक्रमादित्य झैं। उनै चक्रवर्ती सम्राट जसको वर्चस्व संसारभरी थियो।

  57. Rabin khadka says:

    सबै लाई सफलताको शुभकामना

  58. श्यामा खतिवडा says:

    मानिस ले आफुलाइ अनुशासन मा राख्न को लागि अनेक प्रकार को सिद्दी साधन रचिसक्यो अझै पनि उस्तै सोच उस्तै मन उस्तै चन्चलता।भौतिक सुख नै सधना को स्रोत मनिसक्यो तैपनी केही परिव्र्तन अयेको छैन ।न नय न पुरानो न कुनै दिन सुव न कुनै दिन असुव सदा उस्तै देख्छु खै किन हो?पर्मत्मा(प्रान्नाथ) ले बनायेको सन्सार सदै उस्तै हो नि होइन र?

  59. dasharath tharu says:

    thank you information for religious and scientist’s think

  60. सन्तोष थाङवाल लामा says:

    हामी सम्पूर्ण
    नेपालिको नयाँ साल्2075 हर्शुउल्लाका साथ मनाउ

  61. Bedaraj rai says:

    Happy new year all nepali people’s

  62. मनोज चौधरी says:

    मलाई सारै राम्रो लाग्यो । त्यस कारण यो पात्रोलाई धेरै२ धन्यवाद ।

  63. nain singh thalal says:

    happy newyear2076 to all nepalies.i like it verymuch.

  64. jiwan singh says:

    happy nrw year

  65. Lokesh Singh Bhat says:

    Happy New Year 2076 All Nepali

  66. chime yangchen says:

    very very happy new year all nepalis

  67. Ashwin says:

    happy new year

  68. रमेश कार्कि says:

    नयाँ सालको सुभ कामाना 2076)1(1)

  69. Ramesh Karki says:

    happy new year २०७६(1)1

  70. padam thapa says:

    Awesome

  71. Amrit shahi says:

    Nya barsko sabailai mangaimai subhakamna chha …2076 sal ekdamai subha rahos ..2075 lai by by bhandai 2076 lai wlc chha …

  72. हर्क बहादुर योगी says:

    हजुर नयाँ बर्स को तपाईंहरू लाई पनि हार्दिक मोग्ङल मै 2076 साल को सूवकामोना र धेरै धेरै धन्याबात गय्पन जै मतादि,

  73. गिताप्रसाद सुबेदी says:

    पात्राे भनेपछी सम्बन्धित दीनकाे बारेमा कम्तिमा पनि अाबश्यक विशेष जानकारी जस्ताे मेष बिसुबत चक्र सँक्रान्ति परेकाे हेर्नु पर्ने बिबरण राख्दिनु पर्थ्याे तेस्तै अन्य जानकारि हेर्न सकिने अादी

  74. बिष्णु प्रसाद सापकोटा says:

    समस्त आफन्त जनहरु ,इष्टमित्रहरु , मान्यजन्हरु र साथिहरुमा
    नयाँ बर्ष २०७६ ,को शुभकामना व्यक्त गर्दछु ।

  75. कर्मा लामा says:

    सम्पुर्ण नेपाली भाषी दाजु भाई दिदि बहिनजी हरु लाई नया साल को धेरै-धेरै मंगलमय शुभकामना छ ।

  76. saugat lama says:

    naya barsako dheraidherai suvajamana

  77. gita dhoj karki says:

    Happy new year 2076 to all.

  78. Govinda says:

    Happy New year 2076 ok suvakamana

  79. राम प्रसाद रिमाल says:

    तपाईँकाे पात्राेमा अाजकाेदिनमा अगाडि हेर्दा नवमी भनेर देखिन्छ तर पंचाङ्गमा गएर हेर्दा भने एकादशी भनेर अाउँछ के भन्न खाेजेकाे हाे ? यस्ता गलत कुराहरु प्रचार गरेर हिन्दु धर्ममाथिकाे अविश्वास जगाउन खाेजेकाे हाे ? अन्यथा यहाँहरुले यसलाई राम्राे सँग रिडिङ् गरेर मात्रै पठाउने गर्नुहाेला । साथै अाजकाे दिन यानि वैशाख १ गते के तिथि हाे कति घडी छ उप्रान्त कुन तिथीकाे प्रवेस हुन्छ याे कुरालाई तुरुन्त करेक्सन गर्नहुन सादर अनुराेघ गर्दछु । धन्यवाद

  80. Dhakanath Poudyal says:

    A very happy new year 2076 to all of my relatives friends and nepalese all over the world.

  81. Bharat Bahadur Dhami says:

    Happy new year all my friends

  82. Rajendar kc says:

    Naya barsa 2075 ko subhakamana sabai lai. Sabai ko Jaya hos.

  83. madan pariyar says:

    happy new year 2076 all of you

  84. Udiram Dangi says:

    Naya barsa 2076 ko mangalmaya suvkamana

  85. man Bahadur Oli says:

    Happy New Year all Nepali lai

  86. shobhit dawadi says:

    मेरो तर्फ बाट नेपाली पात्रो परिवार लाई नया बर्स २०७६को हार्दिक मंगल् मया शुभ कामना यो पात्रो मध्धे को अति राम्रो सजिलो पात्रो छ है साथी हो

  87. krishna salami magar says:

    २०७५साल मा जे जति दु:ख ।सुख भयो अनि कसै अङ्ग बार्तलाप भय होला तेसैले यो सबै कुरालाई बिर्सदै अब को यो २०७५ मा भब्य र सब्य का साथ काम कार्य गरौ अनि हतमा हात मिलायर अघि बढउ भन्न चाहान्छु ।

  88. देश बिदेश मा बस्नुहुने नेपालि दाजूभाई तथा दीदि बहीनी हरूलाई नब नब बर्ष 2 0 7 6 सालको हार्दिक मंगलमय शुभ कामना

  89. Arun Gyawali says:

    सम्पुर्ण नेपालीहरुमा नयाँ बर्षको शुभकामना छ

  90. Bhagat hand nayasalko Subhash kamnaxa says:

    2076 Ko subhkamna

  91. rameshvar Mandal madhesi says:

    Happy New Years

  92. naresh bhandara says:

    Happy new year 2076 salko subhakamana bhana chahanchu all nepali daju bhai didi bahini aama buwa sabailai happy new year bhana chahanchu

  93. deeneessh baabuu says:

    happy new year 2076 nepali all my friends ma

  94. hari pra pandey says:

    verry happy new year 2076……..

  95. Madhav Adhikari says:

    nepali patro ma shristi sambat pani samel garda sun ma sugandha hunthyo ki?

  96. Lal Nisha says:

    Happy new year all friends 2076

  97. keshab karki says:

    Thanku for all…

  98. Sita Rawat says:

    नयाँ बर्ष 2076 साल को सम्पुर्ण नेपाली हरुलाई हर्दिक मंगलमय शुभकामना बेक्त गर्दछु

  99. Raj tamang says:

    Happy new year 2076 sall

  100. Raj tamang says:

    All my frns Happy new year 2076 sall ko

  101. टीका राम नेपाल says:

    राम्रो छ नेपाली पात्रो

  102. सनद प्रसाद मिश्र says:

    ठिक छ, राम्रो छ !

  103. kishan sah says:

    Nepal is small but it is a beautiful country

  104. सेर ब साहू says:

    नया बर्ष आउदा जसरी मनमा हरष र खूसी हून्छ तेसरी नै नया बर्षमा सफल र समग्र बिकास परीबर्तनको तिब्ररूप लियो भने मात्रै नया बर्षको अर्थ रहन्छ।

  105. Daman Mayalu says:

    नयाँ बर्ष कस्तो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved