गाईजात्रा
गाईजात्रा नेपालमा मनाइने राष्ट्रिय सांस्कृतिक पर्व हो। यो पर्व नेवार संस्कृतिबाट प्रारम्भ भएकाले खासगरी काठमाडौं उपत्यका र देशविदेशमा नेवारहरूको बसोबास भएका सहरहरूमा विशेष महत्त्वका साथ मनाइन्छ। नेवार समुदायमा वर्षदिनभित्र दिवंगत पितृहरूको सम्मान तथा मुक्तिका लागि गाईजात्रा मनाउने लौकिक विधान छ। प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म यो पर्व मनाउने गरिन्छ।

ऐतिहासिक प्रमाणअनुसार मध्ययुगका राजा प्रताप मल्लले गाईजात्रा मनाउने चलन बसाएका हुन्। उनले पुत्रशोकले विह्वल आफ्नी रानीको मन शान्त पार्ने उद्देश्यले दुनियाँले आफ्नो जस्तै शोक बेहोर्नुपरेको यथार्थ देखाउन गाईजात्रा निकाली सहर परिक्रमा गर्न लगाएका थिए। गाईको भेषमा हरेक मृतकका आफन्तहरू घर–घरबाट निस्किएर जात्रामा सहभागी बनेको देखेपछि रानीको शोक केही कम भएको थियो। तर यतिले मात्र रानीको मन शान्त नभएपछि विभिन्न हास्य प्रहसन र व्यंग्यवाणसमेत प्रस्तुत गरी उनलाई हँसाउन सफल भएकाले राजाको आदेशबमोजिम त्यसैबेलादेखि हरेक वर्ष गाईजात्रा मनाउने चलन बसेको किंवदन्ती पाइन्छ। उसबेला राजप्रासाद रहेको हनुमानढोका क्षेत्रमा जात्रा प्रदर्शन गर्ने परम्परा अद्यापि छँदै छ।

गाईजात्रालाई नेवारी भाषामा ‘सापारु’ भनिन्छ। ‘सा’ भनेको ‘गाई’ र ‘पारु’ भनेको ‘प्रतिपदा तिथि’ हो। हिन्दु धर्ममा गाईलाई भुक्ति र मुक्ति प्रदायिनी देवीका रूपमा पूजा गरिन्छ। गरुड पुराण एवं पद्म पुराणमा उल्लेख भएअनुसार पृथ्वीलोकमा गाईयात्रा निकालेपछि यमलोकको ढोका खुल्ने विश्वास गरिन्छ। गाईजात्रामा गाईलाई नगरपरिक्रमा गराउनाले दिवंगत आफन्तले तिनै गाईको पुच्छर समाई बैतरणी नदी पार गर्न पाउँछन् र स्वर्गको मार्ग प्रशस्त हुन्छ भन्ने धार्मिक विश्वास छ।

श्रावण पूर्णिमापछि भाद्र महिना प्रारम्भ हुन्छ। जब मघा नक्षत्रमा सूर्यनारायणको प्रवेश हुन्छ तब भाद्रमास सुरु हुन्छ। मघा नक्षत्रलाई पितृहरूको नक्षत्र भनिन्छ। ऋग्वेद संहितामा ‘भानोराश्लेषा अयनं मघा मे’ भनी मघा नक्षत्रलाई दक्षिणायनको सूचकका रूपमा प्रयोग गरिएको छ। शास्त्रवचनअनुसार दक्षिणायन लागेपछि पितृकर्म गर्नाले पितृहरू तृप्त हुन्छन्। यसर्थ भाद्र कृष्णपक्षको प्रतिपदा लागेपछि गाईजात्रा मान्ने परम्परा धर्मशास्त्रसम्मत नै देखिन्छ।

जात्रा मनाउने क्रममा पाएसम्म गाई र नपाएमा बालबालिकाहरूलाई सिँगारपटार गरी गाई तथा विभिन्न देवीदेवताको भेषमा नगरपरिक्रमा गराइन्छ। यस पर्वका दिन बिहानैदेखि काठमाडौँ उपत्यका तथा मुलुकका मुख्य सहरमा गाईजात्राका झाँकीहरू देख्न सकिन्छ।

आज मृतकको शान्तिका लागि रामायणका करुण रसप्रधान गीत समेत गाउने चलन छ। यस्तै हास्यकर्मीहरूले शोकसन्तप्त आफन्तजनलाई हँसाउने प्रयत्न गर्दछन्। यसरी गाईजात्रामा दिवंगत आत्माको मुक्ति तथा कल्याणको कामना एकातिर गरिन्छ भने अर्कातिर आफन्त गुमाउनुपर्दाको पीडा एवं शोकलाई बिर्सिएर पुनः कर्मयोगमा लाग्ने प्रेरणा पनि यस पर्वले दिने गर्दछ।

यसका साथै विभिन्न बाजा, सांस्कृतिक नाच र नेवारी खानपानले यो पर्वमा रौनकता थपेको पाइन्छ। राजधानी उपत्यकाको ठूलै पर्व रहेकाले यस दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने गर्दछ।

पछिल्लो समयमा गाईजात्रा हास्यव्यंग्य विधालाई उजागर गर्ने पर्वका रूपमा पनि स्थापित हुँदै आएको छ। यस पर्वको अवसरमा विभिन्न पत्रपत्रिकाले हास्यव्यंग्यका विशेषांक निकाल्छन् भने हास्यकलाकारहरूले समाज र राष्ट्रमा हुने गरेका विकृति–विसंगतिलाई व्यंग्यात्मक प्रहसनमार्फत औंल्याउने गरेका छन्।

16 responses to “गाईजात्रा”

  1. hair kc says:

    hari lokprya gaijatrama sampuna darskbhinharulai sahvagi banidina anursod gardxu

  2. ratan kattel says:

    afnno dharma shashkruti bachaunu parchha good

  3. Hari khatri says:

    nice

  4. anil kumar says:

    good

  5. kumar tajpuriya says:

    Nice

  6. abhishek shukla says:

    thanks nepali patro

  7. gbbudhathoki says:

    gaijatra

  8. surendra shrestha says:

    good

  9. sunilkalwar says:

    good nice

  10. suraj says:

    dherai ramro nice

  11. udiram dangi says:

    very good

  12. ram gurung says:

    ramro hunnu parxa

  13. dil sarki says:

    nice

  14. suman says:

    आफ्नो धर्म र संस्कृति लाई जोगाई राखौं!

  15. ram Bahadur says:

    good

  16. kiran says:

    ke yo newar matra manaune hora ya kami damai magar le sabaile mananu nu mildaina rw

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved